खेलकुद

लाइपजिगसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

११ फाल्गुन २०७९, बिहीबार ०५:२९

युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब आरबी लाइपजिगसँग इंग्लिस क्लब म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।

खेलमा म्यानचेस्टर सिटीले पहिलो हाफमा पाएको अवसर गर्न सदुपयोग नसक्दाको मूल्य चुकाउनु पर्‍यो। सिटीका लागि गुन्डोगानले दिएको पासमा रियाद महारेजले २७ मिनेटमा पहिलो गोल गरे।

लाइपजिगका जिभारडिओलले ७० मिनेटमा बराबरी गोल फर्काए। पहिलो च्याम्पियन्स लिगको उपाधिको खोजीमा रहेको सिटीले मार्च १४ मा हुने दोस्रो लेगमा जित निकाल्नु पर्नेछ।

लिगको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले पोर्चुगलको एफसी पोर्टोलाई १-० गोलले हराएको छ। मिलानका लागि लुकाकुले खेलको ८६ मिनेटमा गोल गरेका थिए। ७८ मिनेटमा ओटाभियो दोस्रो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि पोर्टो १० खेलाडीमा सीमित भएको थियो।

प्रतिक्रिया दिनुहोस्