प्रदेश समाचार

गहवामाईको रथयात्रा भव्यरुपमा सम्पन्न, हजारौं भक्तजनको सहभागिता

२३ असार २०८१, आईतवार १६:२५

अषाढ २३ वीरगंज – वीरगंजमा रहेको प्रसिद्ध गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा बिशाल रथयात्रा निकालिएको छ । गहवामाई मन्दिरको प्राङ्गणबाट आज विहान साढे ६ बजे प्रारम्भ भएको रथयात्रा नगरका विभिन्न प्रमुख स्थानहरु घण्टाघर, रेलवे रोड, अमर चौक, छपकैया चौक, बिर्ता चौक, आदर्शनगर चौक, महाविरस्थान लगायतका ठाउँको परिक्रमा गर्दै पुनः गहवामाई मन्दिरमा पुगेर टुङ्गिएको थियो ।

यस रथयात्रामा सयौँको संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो । रथयात्राका लागि बनाइएको समितिका अध्यक्ष श्याम पोखरेलले गाउँगाउँबाट भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेको जानकारी दिए । वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले यो रथयात्राले वीरगञ्जको संस्कृति झल्काउने र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुरयाउने विश्वास व्यक्त गरे ।

भक्तजनहरुको व्यापक सहभागिता सुनिश्चित गर्न आज वीरगञ्ज महानगर अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा दिइएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले सबै शैक्षिक संस्थानहरु बन्द गर्न अनुरोधसहित सूचना जारी गरेको थियो ।

आज र भोलि वीरगञ्ज महानगरक्षेत्र भित्र मदिरा, माछामासु सेवन तथा विक्रिवितरणमा पनि रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्