काठमाडौं । एम्स इन्स्टिच्यूटले भारतका विश्वविद्यालयहरुमा अध्ययनका लागि सहजीकण गर्ने जनाएको छ ।
भारतको बैंग्लोर विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरुमा नेपाली विद्यार्थीहरुलाई सर्वसूलभ र छात्रबृत्तिमार्फत अवसर दिने घोषणा गरेको छ ।
आइतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै एम्सले विद्यावारिधीसम्मका कोर्षहरु अध्ययनका लागि नेपाली विद्यार्थीहरुलाई आवेदनको माग समेत गरेको छ ।
वीवीए, वीकम, एएस्सी, वीएचएम, बीसिए, एमसीएलगायतका नयाँ कोर्षहरु अध्ययनका लागि नेपाली विद्यार्थीहरुलाई रोजगारीको ग्यारेन्टीसहित भर्नाका लागि आब्हान गरेको छ ।
विभिन्न देशका विद्यार्थीहरुलाई एकै स्थानमा भेला गराएर सांस्कृतिक आदनप्रदानको अवसर दिने गरेको दावी कलेजको दावी छ । कोर्ष सकिनुअघि नै रोजगगारीको ग्यारेन्टी गर्ने कलेजका संचालकहरु पत्रकार सम्मेलनमा जानकारी दिए ।