अर्थतन्त्र

आज सुनको मूल्य स्थिर रहँदा चाँदी घट्यो

२६ असार २०८१, बुधबार ११:१२

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४४  हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आज पनि  सोही  मूल्यमा कारोवार  भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य भने आज घटेको छ । मंगलबार तोलामा १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले घटेर १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्