मोडल/सेलिब्रेटी

शान्तीश्रीको ‘यसपालिको तीजमा’अन्जली अधिकारीको छमछमी

२६ असार २०८१, बुधबार १४:२०

काठमाडौँ । गायिका शान्तीश्री परियारको स्वरमा रहेको ‘यसपालिको तीजमा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।
हिन्दु नेपालीहरुको महान पर्व तीज नजिकिएसँगै ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारीको शब्द सृजना रहेको सार्वजनिक गीतमा मार्मिक शब्द र भावलाई उजागर गर्ने प्रयत्न गरिएको छ ।
गाउँघरमा तीजको माहोलमा गरिने रमाइलोलाई देखाउँदै भगवान शिवलाई यस विशेष पर्वमा खुशी पार्ने कुरा र माइती गएकी चेलीका लागि आमाको महत्वलाई गीतकार डाक्टर अधिकारीले वर्णन गरेका छन् ।
सार्वजनिक गीतमा संगीत रिमेशकुमार थापाले भरेका छन् । पछिल्ला दिनमा तीजका गीतमा बढ्दो विकृति बढेको भन्दै गुनासोहरु आइरहेका बेला सार्वजनिक ‘यसपालिको तीजमा’ बोलको गीतमा भने मौलिक विषयवस्तु उठाइएको निर्माण यूनिटले बताएको छ ।
कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको सार्वजनिक गीतमा लोकप्रिय मोडल अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ । जसमा उत्सव दाहालको छायांकन तथा विकाश ज्ञवालीको सम्पादन रहेको छ । गीत ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारी अफिसियल च्यानलबाट बजारमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्