ब्लग

जीवन संघर्ष हो

२६ असार २०८१, बुधबार १४:४३
May be an image of 1 person
१७ वर्षको उमेरमा उनलाई कलेजबाट अस्वीकृत गरिन्छ !
२४ वर्षको उमेरमा उनले आफ्नो आमालाई अल्पायुमै गुमाउछिन् ।
२६ वर्षको उमेरमा उनी अङ्ग्रेजी पढाउन पोर्चुगल पुग्छिन् !
२७ वर्षको उमेरमा उनको विवाह भयो तर वैवाहिक सम्बन्ध सुखद हुदैन! श्रीमानले उनलाई दुर्व्यवहार गर्छन् यति हुँदाहुँदै पनि छोरीलाई जन्म दिन्छिन् !
२८ वर्षको उमेरमा, उनको सम्बन्धविच्छेद हुन्छ उनि डिप्रेसनबाट ग्रसित हुन्छिन्, र त्यसको उपचार गराइन्छ !
२९ वर्षको उमेरमा, उनी एकल आमा बस्ने आश्रममा बस्न थाल्छिन् ३० वर्षको उमेरमा, उनी जीवन देखि निराश भयेरआत्महत्या गर्ने बारेमा सोच्दछिन् तर, उनी आफुलाइ समालिने कोशिस गर्छिन् र आफ्नो सारा ध्यान र लगाव एउटा काममा फोकस गर्छिन, त्यो काम जुन उनलाई गर्न आउथ्यो र जुन काम लेखन थियो ३१ वर्षको उमेरमा, उनले जिस्ता कपिमा लेख्न सुरु गर्छिन् । अन्ततः जेनतेन आफ्नो पहिलो पुस्तक प्रकाशित गर्छिन्! ३५ वर्षको उमेरमा, उनले ४ पुस्तकहरू विमोचन गर्छिन् र सो वर्षको उत्कृष्ट लेखक घोषित हुन्छिन् । उनको त्यो किताब यति मन पराइन्छ कि…
४२ वर्षको उमेरमा, उनले लेखेको काल्पनिक उपन्यासको सातौँ र अन्तिम खण्ड लेखेर प्रकाशन गर्छिन् तर भइदिन्छ के भने, यो पुस्तक प्रकाशित भएको पहिलो २४ घण्टाभित्र एक करोड दश लाख प्रति विक्री हुन्छ ।
यी महिला हुन् जे.के. रोलिङ जसले ह्यारी पोर्टर पुस्तक लेखेकी थिइन् । विचार गर्नुस त्, ३० वर्षको उमेरमा मेरो सबैथोक सकियो भनेर उनले आत्महत्या गरेको भए के हुन्थ्यो
आज, ह्यारी पोटर १५ बिलियन डलर अर्थात् एक खर्ब पचास अर्व भन्दा बढी मूल्य भएको एउटा ब्राण्ड बनेको छ । तेसैले हेर्नुस्, जीवनमा कहिल्यै नि हतोत्साहित हुनुहुदैन आफै ले आँफैमा बिश्वास गर्नुपर्छ मन कठोर बनाउनुपर्छ ।
जीवनमा कायापलट आउन समय लाग्दैन कोशिस गर्नुपर्छ निरन्तर प्रयास गर्न भने कहिल्यै छोड्नु हुँदैन ।
साभार

प्रतिक्रिया दिनुहोस्