खेलकुद

ग्रासरुट फुटबल तालिमको सुरुवात

२८ असार २०८१, शुक्रबार १३:००

काठमाडौं । विजडम एकेडेमी एण्ड रिसर्च सेन्टर र  हुम्ला फुटबल एकेडेमीको संयुक्त आयोजनामा ग्रासरुट फुटबल तालिम संचालन भएको छ ।

चन्द्रागिरी न.पा. वडा नं. ५ गुर्जुधाराको सनसाईन बिधालयको प्राङ्गणमा आज देखी लगातार ७ दिन संचालन हुने फुटबल तालिमको कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री माननिय रमा आले मगरले बल हस्तान्तरण तथा पानसमा बती बाली कार्यक्रमको उदघाटन गर्नु भएको छ ।

ग्रासरुट फुटबल तालिममा बिशेष अतिथी अखिल नेपाल फुटबल संघ ग्रासरुट बिभाग प्रमुख पंकज शाही, अन्य अतिथीहरुमा सनसाईन बिधालयका प्रिन्सिपल, हुम्ला फुटबल एकेडेमीका अध्यक्ष बिष्णु रावत, उपाध्यक्ष प्रीति ब. रावल, हिमालयप्रेस डककमका अध्यक्ष देविलाल रावल लगायत अन्य अतिथी तथा खेलप्रेमी अबिभाबक तथा बालिकाहरुको ब्यापक उपस्थिती रहेको थियो ।

उक्त फुटबल तलिम उदघाटन कार्यक्रमका  प्रमुख अतिथी बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री माननिय रमा आलेमगर, बिशेष अतिथी अखिल नेपाल फुटबल संघ ग्रासरुट बिभाग प्रमुख पंकज शाही, हुम्ला फुटबल एकेडेमीका अध्यक्ष बिष्णु रावत र सनसाईन बिधालयका प्रिन्सिपलले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो  ।

कार्यक्रमको संचालन विजडम एकेडेमी एण्ड रिसर्च सेन्टरका सल्लाकार उदय थापा मगरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्