समाज

आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

६ श्रावण २०८१, आईतवार ०८:३९

काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमा  अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट  गरी मनाइँदै छ ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।

वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ँगिरति अज्ञानं इतिः गुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा बुबा सहर मान्ने चल रहिआएको वरिष्ठ ज्योतिष एवं पण्डित रुद्रनाथ अधिकारीले बताए ।

उनले भने, ‘नेपालमा धर्म र संस्कृतिको क्षेत्र साँघुरो हुँदै गइरहेको छ । हामीले हाम्रो रितिलाई धर्मसँग मिलायौं । अनि धर्मलाई पेसासँग । जसका कारण धर्म विशुद्ध रुपमा प्रयोग भएको छैन । विषेशगरि गुरु पुर्णिमाको दिन भनेको सम्पुर्ण सठशास्त्रको लिपिवद्ध गरि प्रतिपादन गरेर लोककल्याणार्थ प्रकाशन गरिएको अवसरमा मनाइँदै आएको छ । र भगवान वेद व्यासको जन्म जयन्तीको अवसर भएका कारणले पनि यसदिनलाई गुरुहरुप्रति श्रद्धा र सम्मान गरि मनाइँदै आएको छ ।’

हिजोको दिनमा विश्वमा लिखित संविधानहरु नबनिसकेको अवस्थामा समाज परिचालन गर्ने गुरुहरु र वेदव्यासका रचनाहरुको सम्मान गर्न अति जरुरी रहेको ज्योतिष अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्