अर्थतन्त्र

सुनचाँदीको मूल्य घट्यो

६ श्रावण २०८१, आईतवार ११:३२

काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा (आज) आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १३ सय रूपैयाँले घटेको हो ।

शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १३ सय रूपैयाँले घटेर १ लाख ४६ हजार २ सय रूपैयाँमा कारोवार भैइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ५ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८ सय ३० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले घटेर १ हजार ८ सय १० रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्