अर्थतन्त्र

सुनचाँदीको मूल्य बढ्यो

९ श्रावण २०८१, बुधबार १२:३४

काठमाडौं । नेपाली बजारमा (आज) बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ११ सय रूपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ११ सय रूपैयाँले  बढेर १ लाख ४७ हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ७ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७ सय ९० रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले बढेर १ हजार ८ सय ५ रूपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्