कला/मनोरञ्जन

‘रावायण’को टिजर सार्वजनिकमा पूजा शर्मा :‘अब रोएर फिल्म चलाइदैन्’

१८ श्रावण २०८१, शुक्रबार १६:४१

काठमाडौं । सुदर्शन थापाको निर्देशनमा बनेको नेपाली चलचित्र ’रावायण’ को टिजर सार्वजनिक भएको छ ।
शुक्रबार काडमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्म ‘रावायण’ को टिजर सार्वजनिक गरिएको हो ।
फिल्ममा नायक पल साह,नायिका पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल लगायतको अभिनय रहेको छ।
सार्वजनिक टिजरमा अभिनेता पल शाहको एक्सनलाई मुल्य प्राथमिकताकासाथ देखाइएको छ ।
टिजर सार्वजनिक पछि सञ्चाकरर्कीहरुसँग कुराकानी गर्दै निर्देशक सुदर्शन थापाले रोमान्टिक फिल्म मात्र निर्माण गरिरहेको भएकाले रावायण आफ्नो लागि चुनौतीपूर्ण रहेको बताए।
फिल्ममार्फत आफूले आफैलाई पनि केही परिवर्तन गर्ने कोशिस गरेको र चलिआएको फिल्मभन्दा फरक गर्ने कोशिस गरेको भन्दै चलचित्र दर्शकले मन पराउछन् भन्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए ।
उनले भने,‘रावायण मेरो लागि पनि छुट्टै चुनौतीपूर्ण छ । तपाईहरुले मैले बनाएको रोमान्टिक फिल्म हेरिरहनु भएको छ, यसमा मैले आफुले आफैलाई पनि केही परिवर्तन गर्ने कोशिस गरेको छु । चलिआएको फिल्मभन्दा अलि फरक गर्ने कोशिस गरेका छौं । यो फरक चलचित्र दर्शकले मन पराउनुहुन्छ भन्ने कुरामा विश्वस्त छु ।’
त्यस्तै पूजा शर्माले आफ्नो टिमले मेहनतका साथ फिल्म बनाएको भन्दै दर्शकले फिल्म मन पराएर साथ दिनेछन् भन्ने आशा राखेको बताइन् । उनले प्रमोद अग्रहरीले दर्शकले ‘रावायण’ बाट आफ्नो चरित्र र कथावस्तुमा नयाँ स्वाद पाउने दाबी गरे।
उनले भनिन्,‘आज हाम्रो टिमले गरेको मेहेनत टिजरबाट पनि देखिएको छ । फिल्मलाई मन पराएर साथ दिनुहुन्छ भन्ने आशा पनि छ । अब रोएर फिल्म चलाइदैन् । पल शाह छन्, म सँग छ पूरै टिम छ ।
उनलाई यो भन्दा पहिला हलमा रोएर फिल्म हिट बनाएको भन्ने आरोप लागेको थियो । शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, श्री श्रेष्ठको एक्सन रहेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गर्नेछन् भने फिल्म भदौ २१ गते रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्