अन्तर्वार्ता/विचार

मकर जितुमाया हाइड्रोपावरले खुलायो आईपीओ

१५ माघ २०७९, आईतवार ०५:३६

काठमाडौँ। मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले आजदेखि साधारण सेयर ‘आईपीओ’ बिक्री खुलाएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बिक्री खुलाएको हो। हाइड्रोपावारले जारी पूँजी ७६ करोडको १० प्रतिशतका दरले हुन आउने ७ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुलाएको छ। १०० रुपैयाँ अंकित ७ लाख ६० हजार कित्ता आईपीओ बिक्री खुलाएको हो।

यो आईपीओमा दोलखाका गौरीशंकर गाउँपालिका र विगु गाउँपालिकाका स्थानीयले आवेदन दिन पाउनेछन्। यस्तै, वैदेशिक रोजगारीमा गएकाहरुलाई १ लाख ५२ हजार कित्ता सेयर छुट्याइएको छ।

यसमा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुले आवेदन दिन पाउनेछन्। दोलखा जिल्लामा ६.४ मेगावाट क्षमताको जलविद्युत आयोजना बनाइरहेको छ। यो आयोजनाको कूल लागत १ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ आंकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्