खेलकुद

काभा नेसन्स लिगको फाइनलमा पुग्न इरानविरुद्ध भिड्दै नेपाल

२२ श्रावण २०८१, मंगलवार ११:००

काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स कपको फाइनलमा पुग्न नेपालले आज इरानसँग भिड्दैछ ।

नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानसँग सेमिफाइनल खेल्न लागेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार हुने दोस्रो सेमिफाइनल साँझ सवा ५ बजे सुरु हुनेछ ।

इरानसँग लिग चरणमा भोगेको हारको बदला लक्ष्यसहित नेपाल मैदान प्रवेश गर्नेछ ।,

आइतबार भएको लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो ।

प्रतिस्पर्धात्मक खेलमा नेपालले सर्भिस र डिफेन्समा गल्ती गर्दा लिगमा नै पहिलो हार व्यहोरेको थियो ।

उता इरान भने नेपालविरुद्ध लिग चरणकै नतिजा दोहोराउने प्रयासमा हुनेछ ।

त्यस्तै, आजै हुने अर्को सेमिफाइनल खेलमा भारत र श्रीलंका भिड्दैछन् । सो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्