अर्थतन्त्र

वाणिज्य बैंकहरुले नाफा १३ दशमलव ४० प्रतिशतले बढी

२२ श्रावण २०८१, मंगलवार ११:२५

काठमाडौं । वाणिज्य बैंकहरुले १३ दशमलव ४० प्रतिशत बढी नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षको नाफाको तुलनामा यसबर्ष बृद्धि भएको हो ।

वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०÷८१ मा ६४ अर्ब १५ करोड १० लाख रुपैयाँ खुद मनुाफा कमाउँदा ०७९÷८०मा ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका थिए ।

बैंकहरुले प्रकाशित गरेको असार मसान्तसम्मको अपरिस्कृत वित्तीय अवस्था अनुसार २० वाणिज्य बैंकमध्ये ५ वटा बैंकको वितरणयोग्य नाफा बढेको छ भने ९ वटाको घटेको छ । असार मसान्तसम्मको वित्तीय अवस्था अनुसार चार वटा बैंक लाभांश दिन नसक्ने अवस्थामा छन् । यी बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ ।

कर्जा असुलीमा भने केही समस्या देखिएको छ । २० वटामध्ये १० वटा बैंकको नाफा बढेको छ भने १० वटाको घटेको छ । ०८०÷०८१ को अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश बैंकहरुको निष्क्रिय कर्जा बढेको छ ।

प्रभु बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंक, एभरेष्ट बैंक, कुमारी बैंक र नेपाल एसबीआई बैंकको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ ।

एनएमबी बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, नेपाल बैंक बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ«े बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र राष्ट्रिय वाणिज्य बैंंकको नाफा घटेको छ ।

सबैभन्दा बढी वितरणयोग्य नाफा हुने बैंक नबिल हो । उक्त बैंककाृ वितरणयोग्य नाफा ३ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २१.०३ प्रतिशतले बढी हो । धेरै वितरणयोग्य नाफा हुने दोस्रो बैंक एभरेष्ट हो । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

वित्तीय विवरणअनुसार कुमारी, हिमालयन, प्रभु, प्राइम, राष्ट्रिय वाणिज्य, नेपाल एसबीआई र एभरेष्ट बैंकले मात्र निष्क्रिय कर्जा घटाएका छन् ।  ३ देखि ४ प्रतिशतको बीचमा निष्क्रिय कर्जा रहेका बैंकको संख्या ७ छ भने २ देखि ३ प्रतिशतको बीचमा रहेका बैंकको संख्या ३ छ ।

प्रतिक्रिया दिनुहोस्