कला/मनोरञ्जन

देउडा कलाकार प्रतिभा सम्मान तथा खुल्ला देउडा कार्यक्रम सम्पन्न

३ भाद्र २०८१, सोमबार २०:५२

    

काठमाडौं । हिन्दुहरुको महान चाड जनै पूर्णिमा, रक्षाबन्धन र साउने पुर्णिमाको शुभ अवसरमा कर्णालीका कलाकारहरुको सम्मान कार्यक्रम सहित खुल्ला देउडा खेल खेलाई काठमाडौंको, मातातिर्थ, थानकोटमा कर्णाली एकता समाजद्धारा आयोजित कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी तथा नेपाल सरकारका बन तथा वातावरण मन्त्री श्री ऐन ब. शाहीले कलकारिता मार्फत बन तथा वातावरणको संरक्षण र जनचेतनाको लागी कलकारहरुको महत्वपुर्ण भुमिका रहने कुरा बताउनु भएको थियो । मन्त्री शाहीले कर्णाली एकता समाजले एस्तो पर्ब र अबसर पारेर आयोजाना गरेको कार्यक्रम प्रती धेरै खुशी ब्यक्त गर्दै आगामी दिनमा यस्ता मौलिक संस्किृती जोगाने खालका कार्यक्रमका आयोजना होस भन्ने शुभहकामना ब्यक्त गर्नु भयो ।

कार्यक्रमका बिशेष अतिथीमा नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य दल फडेरा, कर्णाली प्रदेशका सभासद कल ब. हमाल, राष्ट्रिय दलित आयोगका सदस्य मेहल ब. पार्की, पुर्व संबिधान सभा सदस्य रिता शाही, रंगमती शाही, हुम्ला जिल्ला समन्वय समिती प्रमुख शिबराज शर्मा, उप प्रमुख दलु फडेरा लगायत रहेका थिए भने अन्य अतिथीमा जयपती रोकाया, रुपा शाही, ग्यामी बुमी,  हिमालय प्रेस मिडियाका अध्यक्ष देविलाल रावल लगायत सम्पुर्ण कर्णाली बासीको ब्यापक उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम कर्णाली एकता समाजका अध्यक्ष तुलसी भण्डारी, संचालन सचिव सन्तोश शाही र स्वागत मन्तब्य मन्जु रावलले गर्नु भएको थियो । कार्यक्रममा स्वागत गित गायक नबराज भण्डारी र गायिका नन्दकला शर्मा सन्ज्यालले गाउनु भएको थियो ।

कार्यक्रममा कर्णालीका उदयमान गायक गायिकाहरु क्रमश ईब्सल सन्ज्याल, अमृत कुमार अनमोल, नबराज भण्डारी, संगीता बडुवाल, लक्ष्मी देबकोटा, अमिला दानी, बनकला शर्मा सन्ज्यांल, सितल बि.सि., बिर्जित कुलाला, बिबेक बि.सि., बिशाल बुमी, राम ब. थापा, सगुन परियार, सेर ब. बि.सि., धनलाल रोकाया र लोकेश कुमार बि.सि., हिरकला बि.सि., फुलमाया शाही, संगीता बुमी, सर्मिला बि.सि., सम्झना अधिकारी, आरती बुढा, सुस्मिता भेरिकार, निशा रावल, मौसमी शाही, कल्पना मल्ल, संगीता रावत, ललिता रावत, सिर्जना गिरी र यमुना खत्रीलाई कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल सरकारका बन तथा वातावरण मन्त्री श्री ऐन ब. शहीले सम्मान-पत्र सहित खादा लागाई सम्मानित गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्