कला/मनोरञ्जन

गायक भण्डारी र गायिका भेरिकारलाई भव्य स्वागत

८ भाद्र २०८१, शनिबार ११:१०

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–१ ठेहे गाउँमा जन्मिएका देउडा गायक नवराज भण्डारी शुक्रबार सदरमुकाम सिमकोटमा भव्य स्वागत गरिएको छ । गायक भण्डारी शुक्रबार हुम्लाको सिमकोट पुगेसँगै सिमकोट विमानस्थलमा खादा लगाउनुका साथै बाजागाजा सहित भव्य स्वागत भएको छ ।

गायक भण्डारी केही महिना अघि काण्ठमाण्डौँ गएर विभिन्न देउडा गीत गाउँदा निकै चर्चा कमाउनु भएको थियो । देउडा गायक भण्डारीले हुम्लाका सातवटै स्थानीय तहका रहनसहन र सांस्कृतिकका सम्पूर्ण चालचलन अनुसारका देउडा गीत गाउनु भएको छ । भण्डारी शुक्रबार नेपालगञ्देखि सिमकोट विमानस्थलमा पुगेसँगै बाजागाजाले स्वागत गरिएको हो ।

यस्तै भण्डारीसँगै सुस्मिता भेरिकारलाई समेत स्वागत गरिएको छ । दुबै जना देउडा गायकलाई सदरमुकामवासिले भव्य स्वागत गरेका छन् । भण्डारी देउडा संस्कृति जोगाई राख्नु पर्छ भन्ने पक्षमा छन् । गायक भण्डारी सिमकोट पुगेसँगै माथिल्लो बजारमा रहेको विद्युतको प्रांगाणमा घम्साघम्सी देउडा खेल भएको थियो । साउने पूर्णिमो अवसरपारी सदरमुकाम सिमकोटमा भव्य देउडा खेल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्