समाज

महिला भेला तथा तिज बिशेष कार्यक्रम सम्पन्न

८ भाद्र २०८१, शनिबार २३:४२

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेश सम्पर्क कमिटीको आयोजनामा गुरुङ्ग हल, नयां बसपार्क, काठमाडौंमा कर्णाली प्रदेशबाट काठमाडौं आई अस्थायी बसोबास गर्ने कर्णालीबासी दिदि बहिनी तथा चेलीबेटीहरुको लागी महिला भेला तथा तिज बिशेष कार्यक्रम सम्पन्न भएकोछ ।

कार्यक्रमा नेकपा (एमाले)का पोटिब्युरो सदस्य तथा महिला नेतृ सुजिता शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने बिशेष अतिथीमा नेकपा (एमाले)का पोलिटब्युरो सदस्य मोहन बानिया र कार्यक्रमका अन्य अतिथीमा नेकपा (एमाले) का केन्द्रिय कमिटी सदस्य तथा कर्णाली प्रदेश सम्पर्क कमिटी ईन्चार्ज कल्पाना थापा, नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा निर्बाचन बिभाग प्रमुख निरज आचार्य, नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेत, नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीका सचिव आ.सी. लामिछाने, सम्पर्क समन्वय कमिटीका सचिवालय सदस्य सत्यादेवी अधिकारी सदस्यहरु क्रमश राजन बाबु चन्द, देबिकृष्ण चौलागांई, सिता नेपाल, भोला पौडेल, नेकपा (एमाले) कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब. रावत, नेकपा (एमाले) कर्णाली अञ्चल सम्पर्क कमिटीका पुर्ब सचिव देविलाल रावल, नेकपा (एमाले) हुम्ला जिल्ला कमिटीका उप सचिव मन्जु रावल, अनेरास्वबियुका स्थायी कमिटी सदस्य धर्मशिला रोकाया लगायतको आतिथ्यतामा र कर्णाबासी चेलीहरु तथा अन्य महानुभावको ब्यापक उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

र्काक्रमको अध्यक्षता नेकपा (एमाले) कर्णाली प्रदेश सम्पर्क कमिटीका उपाध्यक्ष तथा महिला बिभाग प्रमुख पुजा शाही बस्नेत र संचालन नेकपा (एमाले) कर्णाली प्रदेश सम्पर्क कमिटीका सदस्य पन्चमी रेग्मीले गर्नु भएको थियो ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै प्रमुख अतिथी शाक्यले हरितालिका  तिज चाडको बिशेषता तथा धार्मिक मान्यताका बारेमा बताउनु भएको थियो । शाक्यले कर्णाली प्रदेश सम्पर्क कमिटीले महिला दिदि बहिनीहरुको बिशेष पर्ब हरितालिका तिज बिशेष कार्यक्रम आयोजना गरेकोमा खुशी ब्यक्त गर्दै धन्यबाद दिनु भएको थियो । उक्त कार्यक्रममा पोलिटब्युरो सदस्य मोहन बानियां, केन्द्रिय कमिटी सदस्य निरज आचार्य, कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब. रावतले शुभकामना मन्तब्य दिनु भएको थियो ।

तिज बिशेष कार्यक्रममा कर्णालीका दश वटै जिल्लाबाट आफ्नो मौलिकता झल्कने तिज बिशेष गित तथा प्रस्तुती प्रस्तुत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्