खेलकुद

फुटसल कार्यक्रमको आयोजना

१५ भाद्र २०८१, शनिबार २३:४६

काठमाडौं । एमाले जाजरकोट काठमाडौं सम्पर्क मञ्चको आयोजनामा दोस्रो फुटसल कप २०८१ को आज काठमाडौंको धन्यवन्तरी फुटसल, कालोपुलमा नेकपा एमालेका पार्टी सचिव तथा पुर्ब मन्त्री गोकर्ण बिष्टले समुदघाटन गर्नु भएको छ ।

कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथी बिष्टले खेलकुदको महत्वपुर्ण पाटो फुटबल खेल रहेको छ । फुटबलले मान्छेलाई स्वस्थ र स्फुर्थ बनाउना सहयोग पुराउने कार्यक्रम रहेको कुरा बताउनु भएको छ ।

कार्यक्रमको अध्यक्षता जाजरकोट काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष नवराज शाहीले गर्नु भएको थियो ।

कार्यक्रम एमालेका केन्द्रिय सदस्य कल्पना थापा, निरज आचार्य, प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब. रावत, अनेरास्वबियुका उपाध्यक्ष नारायण घर्ती लगायतको आतिथ्यताम सम्पन्न भएको छ

फुटसल कपमा जम्मा १६ वटा टिमले प्रतिष्पर्धा गर्नेछन भने प्रथम पुरस्कार रु ५०००० र द्वितिय पुरस्कार रु ३०००० नगद रकम प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्