काठमाडौँ। उच्च अदालत पोखराबाट जबर्जस्ती करणी अभियोगमा सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज रिहा हुने भएका छन्।
नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा हुने लागेका हुन् । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन्। शाहका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेका अनुसार आज जिल्ला कारागार तनहुँबाट उनी रिहा हुने छन्। आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएको वाग्लेले बताए ।
शाह सोमबार रिहा भएपछि काठमाडौं आउने बुझिएको छ । एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।
तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।