Flash News

बायर्न शीर्ष स्थानमा उक्लियो

१५ फाल्गुन २०७९, सोमबार ०३:२८

काठमाडौँ। बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ।

आइतबार राति भएको खेलमा बायर्नले युनियन बर्लिनमाथि ३–० गोलको हसज जित निकाल्दै पुनः शीर्ष स्थानमा उक्लिएको हो ।

बायर्नलाई जित दिलाउन एरिक म्याक्सिम मोटीङ, किङस्ले कोम्यान र जमल मुसिआलाले गोल गरेका थिए । मोटिङले खेलको ३१ औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

खेलको ४० औं मिनेटमा कोम्यानले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा जमलले गोल गर्दै बायर्नलाई ३–० को जित दिलाए। जितसँगै बायर्न २२ खेलबाट ४६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित बर्लिन ४३ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्