पोखरा। अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेपनि उनी कारागार घेराबाट निस्केका छैनन् । पलका समर्थकहरुले कारागार बाहिर प्रतिक्षा गरिरहेका छन् ।
नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पुरा गरिएको हो । हजारौंको संख्यामा कारागार बाहिर समर्थकहरुको भीड छ ।