काठमाडौँ । ग्लोबल आइएमई बैंकका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ ।
उक्त क्यासब्याक अफर योजना अनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग “ग्लोबल स्मार्ट प्लस” प्रयोगकर्ताहरूले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा निश्चित रु. ५०० क्यासब्याक पाउनेछ
बैंकका ग्राहकहरु तथा ग्राहक परिवारका सदस्यहरुले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुक गर्दा/काट्दा ‘फ्लाइयती’ प्रोमो कोड प्रयोग गरी रु. ५०० क्यासब्याक पाउनेछन् । ग्राहकहरूले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्नेछन् । यो क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहने बैंकले जनाएको छ ।
ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।