Flash News

राष्ट्रिय मानव अधिकार आयोग मौन रहेको भन्दै , पीडितहरु कार्यालय घेराऊ गरे !

७ मंसिर २०८१, शुक्रबार १६:३२

सहकारी पीडितहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

शुक्रबार विभिन्न स्थानबाट माइतीघरमा जम्मा भएका पीडितहरूले प्रदर्शन गरेका हुन्।

बुधबारको प्रदर्शनका क्रममा माइतीघरमा प्रहरीसँग झडप भएको थियो। त्यसक्रममा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुशलव केसी घाइते भएका थिए।

प्रदर्शनकारीहरूले केसीमाथि प्रहरीले गरेको कुटपिटविरुद्ध राष्ट्रिय मानव अधिकार आयोग मौन रहेको भन्दै शुक्रबार सहकारी पीडितहरु ललितपुरको पुल्चोकस्थित आयोगको कार्यालय घेराऊ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्