खेलकुद

मोरक्कोका डिफेन्डर हाकिमीमाथि बलात्कारको आरोप

२० फाल्गुन २०७९, शनिबार ०२:३९

काठमाडौँ। पेरिस सेन्ट जर्मेन र मोरक्कोका डिफेन्डर असराफ हाकिमीमाथि बलात्कारको आरोप लागेपछि उनीमाथि अनुसन्धान सुरू भएको छ।

२५ फेब्रुअरीमा पेरिसस्थित घरमा हाकिमीले आफूलाई बलात्कार गरेको २४ वर्षीया महिलाले आरोप लगाएकी छिन्। तर, हाकिमीले आरोप अस्वीकार गरेका छन्। हाकिमीलाई प्रहरी निगरानीमा राखिएको छ र पीडित भनिएकी महिलासँग सम्पर्क गर्न प्रतिबन्ध लगाइएको छ।

पीएसजीले आफूलाई न्यायप्रणालीमाथि विश्वास रहेको भन्दै हाकिमीको पक्षमा रहेको बताएका छ। मैदान र मैदान बाहिर सम्मानलाई बढवा दिने गरेको भन्दै क्लबले हाकिमीमाथि छानबिनमा सहयोग गर्ने बताएको छ। पीएसजीका प्रबन्धक क्रिस्टोफ गाल्टियरले पत्रकार सम्मेलनमा हाकिमीमाथि भइरहेको अनुसन्धानको बारेमा टिप्पणी गर्न अस्वीकार गरे।

प्रतिक्रिया दिनुहोस्