Flash News

काठमाडौं ओर्लिइन् अमेरिकी उपविदेशमन्त्री

१५ माघ २०७९, आईतवार १६:०३

काठमाडौं। अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आइपुगेकी छन्।

दुई दिने भ्रमणका लागि नेपाल आएकी उनले भोलि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेता भेट्ने कार्यक्रम छ । प्रचण्ड प्रधानमन्त्री भएपछि कुनै पनि उच्च तहको विदेशी नेतृत्वको यो पहिलो भ्रमण हो ।

स्रोतका अनुसार नुल्यान्डले भोलि सोमबार नै एमाले अध्यक्ष केपी ओली र विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेट्नेछिन् । उनले परराष्ट्र मन्त्री विमला राई पौड्यालसँग पनि भेट्ने कार्यक्रम छ ।

नेपालमा चुनावपछि भएको राजनीति परिवर्तन र अमेरिकी सहायता परियोजनाहरुको प्रगतिबारे नुल्यान्डले यो भेटमा विशेष चासो राख्ने स्रोतले भन्यो ।

३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञ रहेकी उपविदेशमन्त्री नुल्यान्डले अमेरिकाका राष्ट्रपति जो बाइडेन, पूर्व राष्ट्रपतिहरु बाराक ओबामा र जर्ज डब्ल्यु बुस नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारीहरु निभाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्