कला/मनोरञ्जन

‘कहिले कमाउने’ युट्युवको चौथो नम्बरमा (भिडियोसहित)

२० फाल्गुन २०७९, शनिबार १३:१५

काठमाडौँ। गायक पशुपति शर्मा, तिलक ओली र कामना ओलीको आवाजमा रहेको ‘कहिले कमाउने’ बोलको गीत बजारमा आएको छ । पैसा कमाउन नसकेको पीडा र त्यस पश्चात भोगेको समस्यालाई चित्रण गरिएको सो गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको हो ।

उक्त गीतको शब्द तथा संगीत तिलक ओलीको रहेको छ भने संगीत संयोजन बिनोद बाजुरालीले गरेका हुन । बिरेन्द्र ओलीको निर्देशन र प्रकाश खडकाको छायांकन रहेको सो गीतको भिडियो सम्पादन दिपक बिष्टले गरेका हुन् ।

उक्त गीतको भिडियोमा पशुपति शर्मा, कामना ओली, बिरेन्द्र ओली, पुर्णिमा जी एम, रमेश शर्मा, राजन मोक्तान, रत्ना भुजेल, कल्पना मल्ल, सरद एल जी, दुर्गा तामाङ्ग र रोजा तामाङ्गको अभिनय रहेको छ।

रिलिज गरेको केहि घण्टामै दर्शकको राम्रो भ्युज पाएको उक्त गीत गायक पशुपति शर्माको अफिसियल युटुब च्यानबाट बजारमा आएको छ

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्