Flash News

नेपालसँग युएई ४२ रनले पराजित

२२ फाल्गुन २०७९, सोमबार १३:३२

काठमाडौँ। आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीलाई हराएको छ।

सोमबार भएको खेलमा नेपालले युएईलाई ४२ रनले हराएको हो। नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा अलआउट हुँदै १८७ रन बनायो।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो। नेपालका लागि भिम सार्कीले ९९ बलमा ७० रन बनाएका थिए। यूएईका लागि आशिफ खानले ८२, आर्यन लक्राले ५० र वृत्य अरविन्दले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले तीन-तीन विकेट लिए। त्यस्तै, करण केसी, आरिफ शेख र सन्दीप लामिछानेले एक-एक विकेट लिए।

यो जितसँगै नेपाल अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। नेपालको ३२ खेलमा ३२ अंक भएको छ। त्यस्तै, स्कटल्यान्ड ५० अंक सहित शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको ओमनको ४४, तेस्रो स्थानमा रहेको नामिबियाको ३९ र चौथो स्थानमा रहेको अमेरिकाको ३५ अंक छ। यसअघि पाँचौ स्थानमा रहेको यूएई यो हारसँगै छैटौं स्थानमा झरेको छ। यूएईको ३२ खेलमा ३१ अंक छ।

प्रतिक्रिया दिनुहोस्