दिपेश पौडेल
रौतहट ।धार्मिक तथा ऐतिहासिक महत्व वोकेको बानेश्वर महादेव स्थल वरपर उत्खनन् गर्दा पुरातात्विक संरचना फेला परेको छ ।
गौर नगरपालिका वडा नं. २ स्थितमा रहेको मन्दिर वरपरको क्षेत्रमा करिव सात सय बर्ष अघिको भग्नावेश संरचना भेटिएको हो । बानेश्वर महादेव मन्दीरको पछाडी र अगाडी तर्फको भागमा उत्खनन गर्दा सिम्रौनगढ राजाको समयका इटाहरु फेला परेको पुरातात्विक विद देबेन्द्र तिवारीले बताए ।
उनका अनुसार सोहि समयका गाग्री, घोडाको मकुट सहितका सामानहरु पनि भेटिएको छ । चार फिट तल उत्खनन गर्दा २८ सेन्टिमिटर लम्बाई, ३० सेन्टिमिटर चौडाई र ६ सेन्टिमिटर बाक्लो रहेको ईटा फेला परेको उनले जानकारी दिए । यो इटा सिम्रौनगढको तत्कालिन साम्राज्यका समयका भएको उनको दावी छ । पुरातात्विक विभागको प्रयासमा उत्खनन् थालेको दोश्रो सातामा ऐतिहासिक महत्वका भग्नावेशहरु भेटिएको हो ।
गौरमा रहेको बानेश्वर शिवालय र सोवर्णामाई मन्दीर धेरै बर्ष पुरानो मानिन्छ । यो राजा शिव सिंहले बेलामा बनाएको बताइन्छ िराजा शिव सिंह तत्कालिन तिरहुत राज्यको राजा थिए उनि सिम्रौनगढबाट शासन ब्यबस्था चलाउथे राजा शिव सिंहको शासन १३३५ ई सम्म चलेको इतिहास रहेकोले सो मन्दिर त्यस पूर्व नै बनाइएको जानकारहरु बताउछन । लाल बकिया नदि भन्दा करिब ५ सय मिटर पुर्वमा रहेको सो मन्दिर निकै नै पुरानो र ऐतिहासिक मानिन्छ ियहाँ उत्खनन गर्दा केही पुरानो भग्नावेशहरु भेटिने अपेक्षा अनुसार पुरातात्विक विभागमा खबर गरेको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले बताए ।
पुरातात्विक विद्हरुको रोहवरमा निरीक्षण गरेर गएपछि तिन सदस्यीय टोली यहाँ उत्खनन थालेको उनको भनाई छ । उनका अनुसार उत्खनन कार्य जारी रहेकाले अझै पुराना संरचना भेटिन्छ ।
अर्को प्रसंगमा १९९० सालको भूकम्पको समयमा प्राय इनारहरुबाट बालुवा र कोइला निस्केको थियो ितर उक्त इनारको पानि भुकम्प पछि पनि पिउने लायक नै रहेकाले सोहि इनारबाट हालका महादेवपट्टिका स्थानियहरुले पानी ल्याई खाएको जनबिश्वास रहेको बताइन्छ
िधार्मिक पर्यटनका क्षेत्रमा यस उत्खननले धेरै टेवा पुग्ने गौर नगरपालिकाले विश्वास लिएको छ ।