खेलकुद

टाइगर कप भलिबल माघ १२ गतेदेखि पोखरा रंगशालामा हुने

४ माघ २०८१, शुक्रबार १४:२६

काठमाडौं ।  टाइगर गुप्र अफ पोखरा नेपालले एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगिताको आयोजना गरेको  छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै टाइगर ग्रुपले यहीँ माघ १२ गतेदेखि १९ गतेसम्म पाँचौं टाइगर कप भलिबल प्रतियोगिता पोखरा रंगशालामा हुने जनाएको हो ।

पाँचौं  टाइगर कप भलिबल प्रतियोगिता गर्नुको मुख्य उदेश्य स्वास्थ्य, शिक्षा तथा खेलकुद मुल उदेश्य रहेको टाइगर ग्रुपले जनाएको छ ।

उक्त प्रतियोगितामा महिला ६ टिम र  पुरुष ६ टिम गरी १२ टिमको सहभागिता रहेको छ । जसमा महिलातर्फ नेपाल एपिएफ क्लब, काठमाडौ,  टिपटप न्यू डाइमण्ड युथ स्पोर्टस् क्लब, काठमाडौं, त्रिभुवन आर्मी क्लब, काठमाडौं, नेपाल पुलिस क्लब, काठमाडौं,टाइगर ग्रुप अफ पोखरा नेपाल र ट्राभल इन्क्वारी यूनाइटेड प्यासन भलिबल क्लब, सिसाकेट, थाइल्याण्ड रहेका छन् ।

यसैगरी पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, काठमाडौं, गण्डकी प्रदेश भलिबल संघ, पोखर, त्रिभुवन आर्मी क्लब, काठमाडौं, नेपाल पुलिस क्लब, काठमाडौ, नेपाल एपिएफ क्लब, काठमाडौं र  सुनिल भलिबल क्लब अमीन, कुरुक्षेत्र, भारतको  सहभागिता रहेको छ ।

उक्त प्रतियोगितामा प्रथम हुने महिला र पुरुष टोलीले नगद ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

दोस्रो हुनेले २ लाख ८५ हजार  ५ सय ५५ र तृतीय हुने टोलीले नगद १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने टाइगर गुप्र अफ पोखरा नेपालले जनाएको  छ ।

प्रतिक्रिया दिनुहोस्