सुर्खेत । चंखेली – सुर्खेत एकता समाजको आज कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर, सुर्खेतमा भेला भई एकता समाज गठन भएकोछ ।
भेला भिम बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो भने चंखेली गाउँपालीकाका सुर्खेतमा बसोबास गर्दै, अध्ययन, पेशा ब्यबसाय र पार्टी संगठनमा आबद्ध सबैको उपस्थिती रहेको थियो ।
भेलाले हुम्ला जिल्ला चंखेली गा.पा.मा स्थायी घर भई हाल बिरेन्द्रनगर, सुर्खेतमा अस्थायी बसोबास गर्दै आएका अशोक भण्डारीको संयोजकत्वमा दुई जना सह संयोजक, ६ वटै वडाबाट १ – १ जना सदस्य र सल्लाहकार रहने गरी समिती गठन भएकोछ ।
चंखेली गाउँपालीका निबासी जो सुर्खेत लगायत विभिन्न ठाउमा बस्दै आउनु भएका सबैलाई आपत-बिपद परेको खण्डमा ब्यबस्थापन गर्ने, उद्दार गर्ने र तिनै तहका सरकारसंग समन्वय गरी चंखेली गाउँ पालीका निवासी सबैलाई एकअर्कासंग जोड्ने, मिलेर अगाडी बढ्ने वातावरणको सिर्जना गर्ने र सम्पुर्ण विद्यार्थी युवाहरुलाई एकताबद्द बनाउदै जाने लक्ष्य तथा उद्देश्य रहेको जानकारी नबगठित समाजका संयोजक अशोक भण्डारीले हिमालय प्रेसलाई जानकारी दिनु भएकोछ । ।