अर्थतन्त्र

विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुग्छ ,भण्डारी

१३ माघ २०८१, आईतवार १४:५५

काठमाडौं  ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्ने बताएका छन् ।

 

आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै  मन्त्री भण्डारीले प्रविधिको फेरबदलसँगै परिवर्तन हुन जरुरी रहेकाले विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘प्रविधिको फेरबदलसँगै हामी परिवर्तन हुनपनि आवश्यक छ । तर अन्य विषयहरु परिवर्तन गर्न मन्त्रिपरिषद्बाट कार्यान्वयन हुनुपर्छ । तर ऐनमा चाहीं समितिले नै अगाडि बढाएर लान सक्छ । विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्नेछ ।’

 

साथै  उनले  समितिमा आएका उपयुक्त कुराहरु र विषयहरुलाई दायाँ बायाँ नगरेर ऐनको गरिमामाथि प्रहार गर्न नहुने बताए ।  उनले प्रविधिका कारण समयक्रममा बदलिरहँदा ऐनको गरिमामाथि फेरी प्रहार हुनसक्ने भन्दै  ऐन र विधेयकहरुमा ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्