Flash News

नेपाललाई पीएनजीविरुद्ध सहज जितको अपेक्षा

२५ फाल्गुन २०७९, बिहीबार ०२:५३

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज बिहीबार नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ।

लिग–२ अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीसँग खेल्न लागेको हो। नेपाल र पीएनजीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजेबाट सुरु हुनेछ। नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा हुनेछ। आजको खेलमा नेपालले सहज जित निकाल्दा नेपाललाई बाँकी तीन खेल जित्न पनि हौसला मिल्नेछ।

नेपालले घरेलु मैदानमा हुने चार खेल जितेमा लिग–२ को शीर्ष तीनमा पर्दै  विश्वकप छनोटमा सिधै स्थान बनाउनेछ। नेपालले पीएनजीसँग घरेलु मैदानमा तेस्रो पटक एकदिवसीय क्रिकेट खेल्दै छ। यो तीनै खेलमा पीएनजीले नेपाललाई हराएको छ।

नेपालले अज दोस्रो खेल फागुन २ मा यूएईसँग खेल्नेछ। विश्वकप लिग–२ नेपाल ३२ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा छ। पीएनजी ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्