विश्व प्रेस

बेलायतकी विदेश राज्यमन्त्री ट्रेभेलियन नेपालमा

२५ फाल्गुन २०७९, बिहीबार ०३:१३

काठमाडौँ। बेलायतकी विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरि ट्रेभेलियन नेपाल आइपुगेकी छन्। उनको जिम्मेवारी एसिया–प्रशान्त क्षेत्र हेर्ने हो।

उनी शुक्रबार फर्कने कार्यक्रम छ। उनले भ्रमणका दौरान प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल सरकारका अन्य अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ। राज्यमन्त्री ट्रेभेलियन बुधबार बिहान बसन्तपुर क्षेत्रमा गएकी थिइन्। साथै, उनले बुधबार बेलुकी सानो समूहमा नेपालीहरुसँग नेपालको राजनीति र अहिलेको भूराजनीतिक विषयमा छलफल गरेकी थिइन्।

नेपाल–बेलायत सन्धि–१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनको नेपाल भ्रमण भएको काठमाडौंस्थित बेलायती दूतावासको एक अधिकारीले जानकारी दिए। उनले अरुण तेस्रो भ्रमणको अवलोकन गर्ने छिन्। उक्त विद्युत् परियोजनामा बेलायतले लगानी बोर्डमार्फत आर्थिक लगानी गरेको छ।

राज्यमन्त्री ट्रेभेलियनले भ्रमणकै दौरानमा सन्धि एक सय वर्ष पुगेको उपलक्ष्यमा नेपालस्थित बेलायती दूतावासले एक कार्यक्रम गर्दैछ। उनले धरान पुगेर भेट्रान गोर्खाको कार्यक्रममा पनि सहभागिता जनाउने कार्यक्रम पनि छ। माघको अन्तिम साता बेलायतबाट ‘मिनिस्टर फर डिफेन्स पिपुल’ एन्ड्रयू मुरिसनले नेपालको भ्रमण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्