शिक्षा

सरस्वती पूजा मनाउने नयाँ तरिका

२३ माघ २०८१, बुधबार २१:२८

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ स्थित शितला माध्यमिक विद्यालयले रचनात्मक तरिकाले वसन्तपञ्चमी तथा सरस्वती पुजा मनाएकोछ ।

२०८१ माघ २१ गते विद्यालयले कक्षा ११ र १२ का व्यवसायिक विषय अध्ययन गर्ने विद्यार्थीहरुको नेतृत्वमा शितला व्यापार मेला २०८१ आयोजना गरि मनाएका छन् । यस कार्यक्रममा कक्षा ११ बाट ४ वटा, कक्षा १२ बाट ५ गटा गरी विभिन्न ९ वटा स्टलहरु राखिएको थियो ।

उक्त स्टलहरुमा चिया, फलफूल, स्टेस्नरी र नर्सरी बिरुवा, कस्मेटिक सामान, बेकरी केक, पकौडा, किचेनका विभिन्न भाडाकुडा र मिठाई रहेको थियो। सो दिन विद्यार्थी अभिभावक र समुदायका सदस्यहरुले विद्यालयमा उपस्थित भइ सरस्वतीको पूजा आराधना गरे भने विद्यालयको इसिडि तर्फ ४० जना अभिभावकहरुले आफ्ना बाबुनानीहरुलाई इसिडि कक्षामा भर्ना गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्