अदालत/प्रशासन

रवि लामिछानेविरुद्ध थुनछेक बहस विहीबार पनि जारी रहने

२४ माघ २०८१, बिहीबार ११:०१

काठमाडौं । साहारा चितवन सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमाथिको थुनछेक बहस आज पनि जारी रहने जनाइएको छ ।

बुधबार जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा लामिछानेको बयानपछि सुरु भएको थुनछेक बहस नसकिएपछि आज पुनः बहस हुने भएको हो ।

थुनछेक बहस नसकिएको हुँदा जाहेरवाला र प्रतिवादीको तर्फबाट बहससहित थुनछेक गर्न पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेलाई अदालत उपस्थित गराइने छ ।

बहस आज बिहान १० बजेबाट बहस सुरु हुनेछ । हिजो वादीतर्फका सरकारी वकिलले बहस गरेका थिए भने आज विपक्षी प्रतिवादीको तर्फबाट बहस गर्नेछन् ।

बुधबार बहस नसकिएपछी लामिछानेलाई बुधबार जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासत पठाइएको थियो ।

.साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिनाको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सोमबार रविसहित १५ जना व्यक्ति र ६ वटा कम्पनीविरुद्ध अदालतमा पूरक अभियोग दायर गरेको थियो ।

 

 

 

.

 

 

 

=

प्रतिक्रिया दिनुहोस्