विचित्र संसार

सामाजिक सञ्जाल सम्बन्धि विधेयकमा युवाहरुको विरोध छ : सुमना श्रेष्ठ

२४ माघ २०८१, बिहीबार १४:०४

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल सम्बन्धि  विधेयकमा युवाहरुको  विरोध भएकाले सरकारले यसको  समाधान गर्नुपर्ने बताएकी छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युवाहरुको  आवाज सदनले  सुन्नैपर्ने बताएकी हुन् ।

उनले भन्नि, ‘सोसल मिडियामा कन्टेन्ट क्रियटर के  हो त्यो बुझ्न जरुरी छ । सामाजिक सञ्जालमा आफ्नो आइडिनटीनिटि कसरी बनाइन्छ यो सामान्य कुराहरु पनि नबुझेर यो विधेयक लिएको छ । यो विधेयकप्रति युवाहरुले गरेको सामाजिक सञ्जालमा जुन विरोध छ त्यसको सरकारले अहिले नै मनन गरेर यसको  सम्बोधन गर्नुपर्छ ।’

साथै, उनले सबै सांसदहरुले युवाहरुको आवाज बोक्नुपर्ने बताइन् । उनले युवाको आवाज ‘बोल्न दे सरकार’ रहेकाले पनि जनताको आवाजलाई  दाब्न नहुने  बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्