सुर्खेत । मानव अधिकार एलाइन्स कर्णाली प्रदेशको दोश्रो बार्षिक सभा कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएकोछ ।बार्षिक सभा मानव अधिकार एलाइन्स कर्णाली प्रदेशका अध्यक्ष नबिन कुमार शाहीको अध्यक्षता, एलाइन्सका केन्द्रिय सचिब एबम प्रदेश इन्चार्ज टीकाराम आचार्य प्रमुख आतिथ्यता, नेकपा एमाले स्थायी कमिटी सदस्य एबम कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी प्रमुख वक्ता रहेर सभा सम्पन्न भएकोछ ।सभा नेकपा एमाले केन्द्रिय सदस्य एबम बिरेन्द्र नगर नगरपालिकका नगर प्रमुख मोहन माया ढकाल, एमाले प्रदेश कमिटी सचिब एबम अ.ने.म.संघ कर्णाली प्रदेश अध्यक्ष पद्ममा खडका र नेकपा एमाले सुर्खेत जिल्ला कमिटी उपाध्यक्ष मोहन बडुवालको आतिथ्यतामा सम्पन्न भएकोछ । सभामा एलाईन्सका केन्द्रिय कमिटी सदस्यहरु, प्रदेश कमिटी पदाधिकारी तथा सदस्य, जिल्ला कमिटी अध्यक्ष, पदाधिकारी, पालिका पदाधिकारी, सदस्य, गैसस माहसंघ अध्यक्ष , गैसस जिल्ला अध्यक्ष र सदस्य, प्रेस चौतारीका पदाधिकारी र सदस्यहरु लगायत नागरिक समाज लगायतको बृहत् उपस्थितिमा सम्पन्न भएकोछ ।वार्षिक साधारण सभा ५ बुदे घोषण पत्र जारि गर्दै सम्म्पन्न भएको छ ।