सन्तोषी रावल । अन्नपूर्ण न्यूरो अस्पताल प्रा. लि ले ललित रावललाई बर्षको उत्कृष्ट पुरस्कार आइतवार एक कार्यक्रमका विच सम्मान तथा पुरस्कार प्रधान गरेको छ । बरिस्ट प्रोफेसनल डाक्टर तथा अन्नपुर्ण अस्पतालका सञ्चालन समिति अध्यक्ष बसन्त पन्तले सम्मान गर्नु भएको हो ।
उनि हेल्थ असिस्टेनको रुपमा कार्यरत हुन ।
इमान्दार, लगनशिल र आफ्नो काम प्रति उत्तरदायित्वको रुपमा भुमिकका निर्वाहा गरेको भन्दै सम्मान पत्र र नगद रु १० हजार रुपैँया दिएर सम्मान गरेको हो । विभिन्न तहका फरक फरक कर्मचारिलाई काम र लगनशिलताको आधारमा वर्षको उत्कृष्ट पुरस्कार वितरण गरेको छ ।
यस्तै अन्नपूर्ण अस्पताल प्रा. लि प्रत्यक वर्षको वार्षिक उत्सबमा सम्मान गर्ने गरेको छ । यसले गर्दा स्वास्थ्यलाइनका कर्मचारिलाई थप हौसला प्रधान गर्नको निम्ती पुरस्कार तथा सम्मान गर्दे आएको छ ।