समाज

मठमन्दिरको बाटो हिन्न रोक, महिनावारी भएकालाई,छाउप्रथा अझै कायमै

२८ माघ २०८१, सोमबार १३:२३

 

सन्तोषी रावल । मन्दिर छेउछाउको बाटोमा हिन्न बाधा वनाइएको छ बाजुराका छाउभएका महिलालाई । बाजुराका अधिकांश गाउँबस्तीका महिनावारी भएका महिलालाई मठमन्दिरनजिकका बाटो हिँड्न मनाही गरिँदै आएको छ ।
म्हिनावारि भएको बेला बाटोमा हिन्न निकै ध्यान दिनुपर्ने अवस्था छ बाजुराका महिलाई । यहाँका अधिकांश गाउँबस्ती जाने बिच बाटोमा मठमन्दिर छन् । महिनावारी भएका महिलाले ती मठमन्दिरनजिकका बाटोमा कहिल्यै हिँड्न पाउँदैनन् । महिनावारी हुँदा महिलाले ती बाटोमा हिँडेपछि गाउँमा अनिष्ट हुने र देवीदेउता पनि रिसाउँछन् भन्दै यहाँका धामीझाँक्रीले डर देखाउने गरेकाले उनीहरू ती बाटो हिँड्न छाडेका छन् ।

महिनावारी भएका बेला मठमन्दिरनजिकको बोटामा हिँडेपछि गाउँमा धामीझाँक्री रिसाउने गर्छन् । त्यसैले आफूहरू महिनावारी हुँदा ती बाटोमा हिँड्न छाडेको बुढीगङ्गा नगरपालिका–१०, बदेडाकी स्थानीय (नाम परिवर्तन) पवित्रा विकले बताउनुभयो । उहाँले भन्नुभयो, “माथि गाउँ छ, तल वन छ, त्योबिचमा कालापालत देउताको ठुलो मन्दिर छ । वनमा घाँसदाउरा ल्याउन त्यही बाटो जानुपर्ने भए पनि देउताको डरले नै म त्यो बाटोमा कहिल्यै गएकी छैन ।” महिनावारी हुँदा दुध, दही, महीलगायतका पोसिला खानेकुरा त टाढाको कुरा, बाटोमा समेत हिँड्न नपाउँदा आफूलाई यो समाजले निकै अन्याय गरेको विकले बताउनुभयो ।
म्हिनावारिका विभिन्न घटनाहरु बाहिरिदै आएका छन् । अझ बाजुराको कुरा गर्नेहो भने विचविचमा कहिँकतै छाउगोठ भत्काउन अग्रसर रहेको अवस्था थियो , तर त्यो कार्यका साथै सम्झाई वुझाइ गर्नको लागी धेरै समय दिइदैन, एकै चोटि तात्छ, फेरि सेलाएर जान्छ समाजमा समस्या जस्ताको त्यस्तै हुन्छ ।
बाजुराका महिलालाई बाटोमा हिन्न मात्र होइन, खानेकुरामा बस्ने बासमा समेत बिभेद हुँदै आएको छ । यसमा सरकारले पनि यो विषयमा गहिरो अध्यन नगरेको होकि या चासो नदिएको हो ।
महिनावारी भएका महिलाले दुहुनो गाईभैँसीको शरीरमा छुनसमेत मिल्दैन । कोही कसैले जबरजस्ती गरेर छोयो भने गाई बिरामी हुन्छ, नब्याउने हुन्छ भन्ने मान्यता बाजुरामा छ । यस्तै गरेर महिनावारी भएका बेला महिलाले गाईभैँसीको शरीरमा छोयो भने सुनपानीले छर्केर भैँसीलाई चोख्याउने प्रचलन पनि कायमै छ  । यहाँ महिलाका क्षेत्रमा काम गर्दै आएका विभिन्न संस्थाले छाउप्रथा अन्त्य गर्न २०६७ सालदेखि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् तर पनि गाउँमा छाउप्रथा कायमै छ । लामो समयदेखि जरा गाड्दै आएको यो प्रथा अहिलेसम्म हटेको छैन ।
यही छाउप्रथाका कारण महिनावारी भएको बेला २०७६ सालमा बुढीनन्दा नगरपालिका–९, पाण्डुसैनमा छाउगोठमा सुत्दा आमा र दुई छोरासहित तीन जनाको आगलागीमा परेर ज्यान गएको थियो । त्यसपछि छाउप्रथा कुप्रथा हो भन्दै बाजुराका विभिन्न स्थानीय तहमा छाउप्रथा उन्मूलन कार्यक्रम सञ्चालन गरिएको थियो । यहाँ धेरै गोठ भत्किए तर स्थानीयको मानसपटलमा छाउप्रथा कायम रहँदै आएपछि अहिले यसले व्यापकता लिँदै गएको हो ।

महिनावारी हुँदा देवताको डरले घरभन्दा धेरै टाढा छाउगोठमा सुत्दा गाउँका कयौँ दिदीबहिनी बलात्कृत हुने गरेका छन् । धेरैको जीवन बर्बाद भयो तर पनि यो प्रथा गलत हो भन्ने कुरामा गाउँमा कसैको ध्यान नजाँदा अहिलेका बालिकाले दुःख भोग्नु परेको छ ।

महिनावारी भएका महिलालाई यस्तो विभेद गर्ने जोकोहीलाई कानुनी रूपमा कारबाही गर्ने भने पनि अहिलेसम्म स्थानीय निकायले यसको कार्यान्वयन गरेको छैन । बाजुरामा ५११ वटा छाउगोठ भत्काएका हुन् । फेरि पनि अहिले कता कता छाउगोठ निर्माण भइरहेको भन्ने जानकारी आएकाले ती गोठसमेत भत्काउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो । तर अब छाउगोठ मुक्तनै गर्ने हो भने, गोठ भत्काएरमात्र सम्भावना छैन, त्यहाँका स्थानीय धामिझाँक्रि, जेष्ट नागरिक, पुरुषहरुलाई सचेतना तथा प्रशिक्षण गराउन आबश्यक छ तब मात्र केहि मात्रामा कम हुन गई महिला तथा किशोरि छाउप्रथाको सिकारबाट बच्न सक्छन ।

प्रतिक्रिया दिनुहोस्