जनकपुरधाम। धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका छन्। राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
डीएसपी क्षेत्रीका अनुसार दुई जना हातहतियार, दुई जना लागुऔषध र दुई जनासहित ६ जना हिरासतमा थिए। उनीरुको तीव्र खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ ।
डिएसपी क्षेत्रीका अनुसार हिरासतमा जम्मा ७ जना थिए । तीमध्य सवारी दुर्घटना मुद्दाका एक जनाबाहेक सबै फरार भएका हुन् । इलाका प्रहरीको भवन पुराने छ । हिरासतपट्टिको भाग कमजोर भएको कारण फोडेर उनीहरू भाग्न सफल भएको प्रहरीको भनाइ छ ।
‘प्रहरी डिउटीमै थिए, अगाडि । अगाडिबाट भित्रको हिरासतभित्र देखिंदैन । भवन धेरै पुरानो रहेकाले पछाडिबाट फोडेर अभियुक्त भागेको हुन्’, डिएसपी क्षेत्रीले भने , ‘उनीहरुको तीव्र खोजी कार्य भइरहेको छ ।’