Flash News

नेपालले युएइलाई दियो २४९ रनको लक्ष्य

२८ फाल्गुन २०७९, आईतवार ०७:४०

काठमाडौँ। कप्तान रोहित पौडेलको अर्धशक अनी गुलशन झा र दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालले यूएईलाई २४९ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९।२ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाएको हो। खराब सुरुवात गरेको नेपालको इनिङ्स मिडल अर्डरले सम्हाले पनि नेपालले पूरै ओभर ब्याटिङ गर्न सकेन।

नेपालका लागि कप्तान रोहित पौडेलले ओडीआईमा आठौं अर्धशतक प्रहार गर्ने क्रममा सर्वाधिक ७७ रन बनाए। आरिफ शेखले ४३ र गुलशन झा ले ३७ रन जोडे। दीपेन्द्रले ३४ र भीम सार्कीले २९ रन जोडे।

प्रतिक्रिया दिनुहोस्