Flash News

नेपालद्वारा युएइ १७७ रनले पराजित

२८ फाल्गुन २०७९, आईतवार ०९:५१

काठमाडौँ। नेपालले यूएईलाई १७७ रनले पराजित गरेको छ।

यो जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ। साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्नेछ।

हारसँगै यूएईले ओडीआई मान्यता गुमाएको छ। युइए नेपालसँग पराजित भएसँगै अमेरिकाको ओडीआई मान्यता जोगिएको छ।

जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ। नेपालले सात राष्ट्र सहभागी लिग टू मा चौथो स्थान पक्का गरिसकेको छ र बाँकी दुई खेल जितेमा नेपाल शीर्ष तीनमा रहँदे विश्वकप क्वालिफायरमा छनोट हुनेछ।

प्रतिक्रिया दिनुहोस्