सुरक्षा/अपराध

पोखराको पृथ्वीचोकबाट अबैध लागू औषधसहित तीन युवा पक्राउ

३ फाल्गुन २०८१, शनिबार १०:४३

पोखरा । पोखराको पृथ्वीचोकबाट अबैध लागू औषध सहित तीन युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलिले शुक्रबार दिउसो तीन बजेको समयमा पृथ्वीचोकबाट अबैध लागू औषध सहित तीन युवा पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्तहरुमा पोखरा महानगरपालिका वडा नं.९ पृथ्वीचोक बस्ने वर्ष २१ को रोहित तमाङ, महोत्तरीको बर्दिबास नगरपालिका  वडा नं. ८ बुद्धचोक स्थायी ठेगाना भै हाल पोखराको  पृथ्वीचोक बस्ने वर्ष २१ को मदन अधिकारी र स्याङ्जाको फेदिखोला गाउपालिका  वडा नं.०२ स्थायी ठेगाना भै हाल पोखराको पृथ्वीचोक बस्ने वर्ष ३५ को नबिन खत्री रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट  लागू औषध डाईजापाम–२८ एम्पुल, फेनरागन–२८ एम्पुल, बुर्फिनर्फिन–२८ एम्पुल गरी जम्मा ८४ एम्पुल र मोवाईल ३ थान समेत बरामद भएको प्रहरीले बताएको छ ।

उनीहरुविरुद्ध  कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्