Flash News

राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

२९ फाल्गुन २०७९, सोमबार ०७:५१

काठमाडौँ। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण लिएका छन्।

सोमबार शीतलनिवासमा आयोजित समारोहमा कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाएका हुन्। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए।

शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, संवैधानिक आयोगका प्रमुखहरु, मन्त्री, सांसद, कूटनीतिक नियोगका प्रतिनिधि लगायत सहभागी छन्। सभामुख देवराज घिमिरे भने विदेशमा भएकाले शपथ ग्रहण समारोहमा सहभागी छैनन्।

प्रतिक्रिया दिनुहोस्