सुरक्षा/अपराध

बाजुरामा बसको ठक्करबाट घाइते भएका छोराको मृत्यु, घाईते आमाको उपचार हँदै

४ फाल्गुन २०८१, आईतवार ११:३६

 

बाजुरा— बाजुरामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आइतवार बिहान साँफे(मार्तडी सडकखण्ड अन्तर्गत बुढीगंगा नगरपालिका(१ अम्कोटमा बसको ठक्करबाट आमाछोरा घाइते भएकोमा छोराको उपचारका क्रममा मृत्यु भएको हो ।

बसको ठक्करबाट घाइते अम्कोटका आठ वर्षीय नयन पाध्यायको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने ५० वर्षीया आमा बिस्णा पाध्याय समेत घाइते भएकी थिइन् । धनगढीबाट सदरमुकाम मार्तडी आउँदै गरेको सु प प्र ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसिरहेका आमाछोरालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक जनक बहादुर बोहराले बताए । उनका अनुसार घाइते भए लगत्तै उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएकोमा छोराको मृत्यु भएको छ भने आमाको उपचार भइरहेको छ ।

बस चालक कैलालीको धनगढी उपमहानगरपालिका (४ बस्ने ४० वर्षीय उपेन्द्र मडै र बस नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्