समाज

छोरि मान्छेलाई कहाँ सुरक्षित छ, उतै जन्म दे भगवान (नेपालको कानुन दैवले जानुन)

५ फाल्गुन २०८१, सोमबार १३:००

 

सन्तोषी रावल । मैले काम गर्ने अफिसमा मेरो लागी फिक्स समय कहिलै पनि भएन, कहिले छिटो निस्किन्थ्य कहिले अलि ढिलो हुन्थ्यो , छापाखानाको काम भएर कहिले बढि त कहिले कम त हुने नै भयो ।
मेरो कोठा टाढा थियो, वेलुकाको समयमा गाढी पाउन पनि निकै धौ धौ पथ्र्यो, पाइ हाल्यो भनेपनि गाडीमा उभिएरै कोठामा पुग्नु पथ्र्यो, विहान जसो तसो आएपनि वेलुकाको समयमा भने किनै चिन्ता हुन्थ्यो ।

कोठा कसरि जाने भनेर दिनभरिको थकान वेलुका सँम्म निकै जीउ थाकेको हुन्थ्यो । विरामि बा लाई छोडेर म काममा आएको आज दिनभरि मेरो बुवालाई कस्तो भयो होला , उता बुवालाई कुरौ पैसाको खाँचो छ यता अफिस कोठामा बिरामि बुवा म कस्तो दोधारे गरिवि जिवनको लागी पाखुरा चलाउदै थिए मेरा बुवालाई उपचार गराउछु भन्दै गाँउ बाट काठमान्डौ सम्म ल्याए यता हस्पिटलको महंगि उता मेरो हातमा पैसा छैन अलिअलि भएको कोठाको भाडा र खानेकुराको व्यवस्थापन र अलि अलि बुवाको घाँउमा मलम लगाउने काम गरेकि थिए अलि पैसा कमाएर वुवाको राम्रै उपचार गराउने सोचमा काममा दलिरहे

एक दिनको कुरा हो , मैले अफिसमा अलि धेरै कामगर्नु पर्ने थियो, म हतार हतारमा सकाउनकोलागी प्रयास गरिरहे, तर पनि काम सकाउन सकिन काम गर्दै जाँदा कति बज्यो भन्ने पनि हेर्न भुले छु एकै चोटी मोवाइलको घडि हेरेको त ८ बजेर ७ मिनेट पो भैसके छ ,
अव जे पर्छ म काम भोली विहानै छिटो आएर गर्छु अहिले निस्किनु पर्यो भनेर कामलाई त्यतै रोकेर कोठा जाने तयारि गरे र निस्के काठमान्डौ जस्ता ठाँउ अध्यरो भएपनि वरपर बत्तिको झिलिमिलि देखिन्थ्यो, हतार हतार मेरो गाडी लाग्ने ठांउमा जाँदै थिँए उता गाडी नपाउने चिन्ता मनमा वोकिरहेको थिए ।
हिन्दै जाँदा विचमा एउटा बाइकले मेरो बाटो छेक्यो । र भन्यो उस्ले केहिकुरा गर्न खोजिरहेको थियो मेरो मुटु नै काभ्यो यति राति एउटा केटा मान्छेले म संग वोल्न खोज्दै छ भनेर र उस्ले भन्यो
सुन्नुस्न बैनि तपाँइलाई पठाउ चाहिएको हो ?
अनि मैले डराउदै होइन मेरो गाडी लाग्छ जान्छु भने  फेरी उसले भन्यो यति राति भैसक्यो गाडी पाउन मुस्किल छ बैनि आउ म तिम्रो लोकेशनमा पुगाइदिन्छु
डर डरले दोधारमा भएको मेरो मन पठाउमा जाने आँट नै आएन , र मैले भने

होस दाई म गाडिमै जान्छु उता पाइहाल्छु गाडी , भन्दै म अगाडी बडे गाडी स्टेसनमा पुगे र कुरे ,, आजै ढिलो भयो फेरि आजै गाडी पाएन भन्दै घडि हेरेको ९ बज्न ५ मिनेट मात्र बाकिँ रह्यो, वरपर हेरे भक्तपुर जाने गाडी नै आउदैन मेरो मन झनै आत्तिन थाल्यो, अव त कुनै पठाउ भएपनि त्यसैमा जान्थ्य भनेर सोच्दै थिए, एउटा बाइक मेरो अगाडी आएर कुर्यो र मैले सोधे दाइ हजुरको पठाउ हो ?
उसले हेलमेट खोल्दै भयो , होनी पठाउ मैले अघिनै आउ भनेको त हो नि तिमिले मानेनौ , ल आउ बस भन्यो
मैले मनमनै सोचे अघिकै मान्छे रैछ । सोच्दै उसको वाइकमा बसे र गयौं
उसले वाटोमा मलाई कुरा गर्दै थियो । तर मलाई बोल्न नै मन थिएन कोठा पुग्न हतारिएको मेरो मन कोठामा मेरो बा को अवस्ता कस्तो होला सोच्दै थिए
गाडीवाला दाईले मलाई धेरै कुरा सोधिरहेको थियो मैले जवाफ नै नदिए पछि होला सायद बाटोमा बाइक रोकाएर किन नवोलेकि तिमि त साच्चै मलाइ मन प¥यो भन्दै हात समाउन थाल्यो । त्यो विचको बाटोमा कोहि पनि थिएन मैले सोचे मेरो अन्तिम दिन आज यसै पापीको हात बाट हुन्छ सोच्दै भने
दाइ मलाइ यो के गर्नु भएको मलाइ हतार छ भन्दै रुन थाले त्यो पापी ले मेरो कुरा नै सुनेन मलाइ जवरजस्ति हातपात गर्न थाल्यो सायद कोहि भएको भएपनि ममा एक किसिम को आँट आउने थियो उता मेरो बुवाले बिहानै खाना पारिदिएको सकिएको थियो होला भोक लागेको थियो होला । यता मलाई त्यो पापीले कोठा पु¥याइदिन्छु भन्दै अर्कै ठाँउमा लग्यो ,, मेरो लगाएको कुर्ता समाएर एक तफि च्यातिदियो, मलाइ लाग्यो अव म यो पापीले छोड्दैन भन्दै छेउमा एउटा काठको ढुँरो भेटाए उसले मलाइ जवरजस्ति गर्न खोजीरहेको थियो मैले त्यहि काठले त्यसलाई नै टाउकोमा हानेर मारिदिए ,,, उ एकै साटमा ढल्यो र थप दुइ चोटि नै हाने त्यो मान्छे उठेन फेरि मलाइ ठुलो बर्जपात आइपर्यो त्यो मान्छेलाई छोडेर भाग्न पनि सकिन रातभरि त्यतै कुरे भोली पल्ट हल्ला भयो सबै मानिस आए छानविन गर्दा मैले नै हत्या गरेको हो  भनि स्वीकारे तर पनि मलाइ हातपात गरेको कुरा थियो त्यो कसैले सुन्न चाहेन अव सजाए मैले नै भोग्छु तयारि पनि छु त्यो ठाँउमा सायद मलाइ मारेको भए त्यो बलात्कारि भएर खुलेआम हिन्थ्यो तर मेरो कुरा कसैले सुनेन मेरा विरामि बा को अवस्था कुन्नी कस्तो छ म लागे  पुलिस ठानामा ।
हे भगवान छोरि मान्छे कुन ठाँउमा सुरक्षित हुन्छन त्यतै छोरिको जन्म दे यो नेपाल जस्तो ठाँउमा कहि कतै हामी छोरि मान्छे सुरक्षित छैनौ छोरिले धर्ति थाम्छन तर छोरिलाई नै इजत छैन नेपालको कानुन दैबले जानुन ।।

प्रतिक्रिया दिनुहोस्