समाज

सस्तो मुल्यमा बिक्रि भएछु, आफैलाई थाहा भएन ।

८ फाल्गुन २०८१, बिहीबार १३:०२

सन्तोषी रावल ।  मान्छे भएर जन्मेपछि त मानब जातीको मुल्य नै गर्न मिल्दैन थ्यो । एउटा मानिसलाई कसैले पनि पैसामा किनबेच गर्न मिल्दैन थ्यो । तर म आफै अचम्म परे म एकदम सस्तो मुल्यमा बिक्रि भएछु ।
म एक नारि हुँ मेरो घर नेपालको कुनै एउटा जिल्ला हो । मेरो नाम म खुलाउन चाहान्न तर म बिदेशमा बेचिएको कुरा यहाँ हरुमाझ अवगत गराउछु ता कि कुनै पनि नेपाली कसैको दलदलमा फसेर बेचिनु नपरोस ।
सबैको इच्छा चाहाना आफुसंग अथाहा पैसा होस र खुसिका साथ दुइदिनको जीण्दगी सहज सरल तरिकाले चलोस भन्ने हुन्छ । मेरो चाहाना पनि त्यहि हो । मैले खासै धेरै पढिन घरमा पैसाको अभाव थियो खान वस्नको पनि त्यति उचित थिएन तर हामी ३ जना दिदि बहिनी थियौँ घरको खेतवारिमा मिहेनेतका साथ काम गथ्र्यो अन्न बालि फलाएर वुढा आमा बा लाई पाल्थ्यौ हामी पालिन्थ्यौं मेरो बैहिनी लाई पढाउन जोर गरेउ मेरो दिदि र मैले पढ्ने इच्छा पनि गरेनौ पढेनौ पनि घरमा पढ्नको लागी कुनै खर्च गर्ने पैसा पनि थिएन । गाँउमा आएका योजनाहरुमा कहिलेकाँहि काम गथ्र्यौ त्यहि पैसालाई जम्मा गरेर घर खर्च र वैनिको पढाई खर्च पसगाउथ्यौं ।
एकदिनको कुराहो । हामी खेतमा धानको विउ राख्नको लागी खेत खनिरहेका थियोंँ एउटा गाँउको दाजु आउनु भयो र हामी संग कुरा गर्न थाल्नु भयो ।
ए नानीहरु तिमिहरु त धेरै मिहेनेत गछौं नेपालमा जति पसिनाको खेति गरेपनि आम्दानी केहि त छैन ?
मेरो दिदि बोल्नु भयो ः के गरौँ दाजु यत्तिको काम गरेनौ भने घरको चुलो बन्द गारो छ ।
फेरि म बोले ः दाजु हामी त काम गरेर अव कैलेइ थाक्दैनौ होला बानि पनि परिसकेउँ जग्गा पो थोरै छ हामी संग
दाजु ः त्यसो हो भने तिमि बिदेशमा जाउ काम गरे पछि धेरै पैसा पैसा आउछ ।
पैसा कमाएपछि शुख शान्तिका साथ बस्ने ?
म ः दाई कस्ले पठाउ छर हामीलाइर्, उफ खनेर पसिना भयो, बसेर गफ गर्न पर्ला दाजु संग ,,,
दाजु ः म छु त तिमि जान्छौ भने म ५ दिन भित्र पठाउन सक्छु तिमिले पैसा पनि तिर्न पर्दैन
दिदि ः दाजु अहिले के भनौ एकछिन घरमा आमा वुवाको सल्लाहा लगौला अनि खवर गरौंला नि है ।
दाजु ः हुन्छ हुन्छ ल म अहिले लागे है त । यत्रो घाम चर्केको छ तिमिहरु पनि घरमा जाउ अहिले
म ः ल ल हुन्छ दाई अव जानु पर्ला भन्दै फेरि खन्न थाल्छिन र एकछिन पछि घरमा गएर सल्लाहा गर्छन । र घरमा पैसाको निकै आपत परेको हुँदा विदेश जानको लागी निर्णय भयो । घरमा बुढा डाँडा माथीको घाम भैसकेका मेरा आमा बा लाई छोडेर प्रदेशियकि थिए । आफ्नै गांउको दाई भएका कारण भलो नै चाहेको होला भन्ने विश्वासले मानि हाले तर तिनि दाईले त मलाई प्रदेशको ठाँउमा अरुकै जिम्मा लगाएका रैछन । विदेशमा सहज काम त मलाई पक्कै पनि थिएन तर र्पैसा आउने आसामा जस्तो सुकै काम गर्न पनि तयार भए , न त घरमा पैसा पठाउन पाँए न त घरका मान्छे संग कुरा नै गर्न पाँए आफैलाई अचम्म लाग्न थाल्यो र एक दिन मैले साउ संग नै कुरा गर्ने निधो गरे र सोधे पनि साउजी मैले प्रदेशमा आएर काम गरेको यत्रो ६ वर्ष भै सक्यो मैले खाने मात्र काम भयो न पैसा दिनु भयो न त मेरो घर जानको लागी केहि भन्नु हुन्छ यो कस्तो देश हो जो कि यत्रौ मिहेनेतका साथ काम गर्दा नि पारिश्रमिक पाँएन, उता गांउको दाइले त काम गरे थुप्रै पैसा आउथ्यो भन्नु भएको थियो ।
साउजी ः के कुरा गरेको तिमिले तिमिले घर जान पाउदैनौ, यो कुरा तिमिलाई थाहा छैन ?
म ः किन र साउजी प्रदेशमा काम गरेर पैसा कमाउन पो आएको हुँ म मेरो घरमा त बुढा आमा बा छन् गरिव घरकि छोरि हुँ त्यो दाईले हाम्रो दुख देखेर विदेश लगाका हुन । यस्तो भनेर कहाँ हुन्छ ।
भन्दै थिए साउजी दारा छोडेर हाँस्न थाल्यो र भन्यो, तिमिलाई त उसले वेचेको पो होत, मैले उसलाई १ लाख ५० हजार दिएको छु , उसलाई निकै समस्या परेको थियो त्यहि पैसाको लागी तिमिलाई उसले बेचेको हो । यति सस्तोमा यति राम्री मान्छे पाए कसले पो किन्दैन त । ल ल अव घर जाने कुरा नगर काम गर आफ्नो भन्दै साउजी आफ्नो बाटो लागे म अचम्म पर्दै रुन थाले,, हे भगवान के भयो यो मेरा आमा बा को हालत के होला मेरि दिदि अनि मेरि फुल जस्ति बैनी प्रदेशको यो पिडाले म पनि त के बाँच्न सकुला हे भगवान मलाई बाटो दे अब म संग कुनै उपाय नै छैन यता बाट फुत्कनलाई न मोवाईल न त हातमा पैसा ,,
भन्दै मैले मेरो भाग्यलाई नै दोस दिदै विरक्तियको मन लिदै फेरिकाम मा फर्के मेरो मुल्य कति सस्तो भयो, पापी दाईले घरमा बसेको नै देख्न सकेन रहेछ । आखिर म सामान भए विक्रेता गाँउको पापी दाजु अनि ग्राहक विदेशि कस्तो दलालहरुको विचमा मलाई नै थाहा भएन कि म सस्तो मुल्यमा विक्रि भएछु उफ,

प्रतिक्रिया दिनुहोस्