Flash News

युएईविरुद्ध बलिङ गर्दै नेपाल

२ चैत्र २०७९, बिहीबार ०३:०४

काठमाडौँ। आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो निर्णायक खेलमा नेपालले युएईविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वसिमले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको छ ।

नेपाल आजको खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउने योजनामा छ । लिग २ मा नेपाल ३५ खेलमा ३८ अङ्क सहित तालिकाको चौथो स्थानमा छ । युएई ३५ खेलबाट ३३ अङ्क सहित तालिकाको छैटौँ स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्