कला/मनोरञ्जन

वैदेशिक रोजगार बोर्डका निर्देशकको गीत ‘छोरो गयो परदेश’ सार्वजनिक

१५ फाल्गुन २०८१, बिहीबार १७:३५

काठमाडौं । वैदेशिक रोजगार बोर्डका निर्देशक टिकाराम ढकालले रचना एवं निर्माण गरेको गीत ‘छोरो गयो परदेश’ को गीत तथा म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त गीत तथा भिडियोको सार्वजनिक गरिएको हो ।

कार्यक्रममा निर्देशक ढकालले गीतमा वैदेशिक रोजगारको विषयलाई समेटिएको जानकारी दिए ।

उनले भने,‘गीतमा सरकारलाई गाली गरेको मात्रै छैन् । निराशावादी नहोऔं,  सरकारलाई गाली मात्र नगरौं । छोरा विदेश गयो बर्वाद भयो मात्र नभनौं । अब समृद्धि हुन्छ । त्यहाँबाट ज्ञान र सीप कमाएर ल्याएर देशमा नै केही गर्ने वातावरण हुन्छ । भनेर भिडियो कन्सेप्ट छ ।’

उनले आफ्नो पहिलो कोसेलीको रुपमा ‘छोरो गयो परदेश’ को गीत ल्याएको भन्दै  सबैले हेरेर प्रतिक्रिया दिनको लागि आग्रह गरे ।

कपिल कार्कीले निर्देशन गरेको गीतमा गायक डिजराज पौडेलले स्वर दिएका छन् ।

म्युजिक भिडियोमा नरेन्द्र खतिवडा,दिपेन्द्र खत्री,डिजराज पौडेल टेकराम ढकाल मञ्जु श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्