Flash News

यूएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य

२ चैत्र २०७९, बिहीबार ०८:०७

काठमाडौं। आसिफ खान र भृत्य अरविन्दको विस्फोटक ब्याटिङसँगै यूएईले घरेलु टोली नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ।

आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो। १९ रनमा पहिलो विकेट गुमाएको यूएईका लागि महम्मद वसिम र भृत्य अरविन्दले ७९ रनको साझेदारी गरे। बुधबार मात्र पपुवा न्यूगिनीविरुद्ध शतक बनाएका बसिमलाई १६.२ ओभरमा व्यक्तिगत ६३ रनमा आउट गरेपछि नेपालले खेलमा फर्किने संकेत दिएको थियो।

अरविन्दले एउटा एण्ड सम्हालेपछि नेपालले धेरै रन जोड्न दिएको थिएन र विकेट पनि लिएको थियो। पाँचौं विकेटका रुपमा रोहन मुस्तफा २० रनमा आउट हुँदा यूएईको स्कोर ३७.३ ओभरमा १७५ रन थियो।

तर अरविन्द र आसिफ खानको जोडीले अन्तिम ६ ओभरमा विस्फोटक ब्याटिङ गर्दै १०२ रन थप्यो। आसिफ खानले त छक्का र चौकाको वर्षा नै गरे। ४४ ओभर सकिँदा २० रन बनाएर खेलिरहेका उनले ४१ बलमा १०० रन पूरा गरे। सबभन्दा कम बलमा शतक पूरा गर्ने एशोसिएसट ब्याट्सम्यानको कीर्तिमान बनाएका उनी १०१ रनमा अविजित रहे।

अरविन्द भने ९४ रन बनाएर अन्तिम बलमा आउट भए । नेपालका सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कमीले १–१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्